Skip to content
Prabhu

सुनचाँदी व्यवसायी महासंघद्वारा अर्थमन्त्रीसँग भन्सार दर समायोजन गर्न आग्रह

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी भन्सार दर समायोजन गर्न आग्रह गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष दियेश रत्न शाक्यकोे नेतृत्वमा बुधबार गएको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित उनकै कार्यकक्षमा भारत सरकारले बजेटमार्फत भन्सार दर घटाएपछि नेपालमा परेको प्रभावका विषयमा जानारी गराउँदै नेपालमा पनि सोहीअनुरूप हुने गरी भन्सार दर समायोजन गर्न आग्रह गरेको थियो ।

मन्त्री पौडेलसँगको भेटका क्रममा महासंघबाट प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचभार्य, चतुर्थ उपाध्यक्ष पवन सोमानी, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदीप श्रेष्ठ लगायतको उपस्थिति थियो । भारत सरकारले हालै आफ्नो बजेटमार्फत सुनचाँदीमा लाग्दै आएको भन्सारदर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । नेपाल भने चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सारदर वृद्धि गरी २० प्रतिशत पुर्याइएको छ ।

नेपाल र भारतबीच खुला सिमानाका भएकोले दुई देशबीचको भन्सारदरबीच असन्तुलन हुँदा अबैध कारोबारले प्रोत्साहन पाउन सक्ने भएकाले नेपालमा हाल कायम रहेको भन्सार दर घटाई भारतीय बजारसँग नजिक हुने गरी निमान गर्नुपर्ने आवश्यकता महासंघले उठाएको हो ।

त्यसक्रममा अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीले राखेका मागलाई आफूले गम्भीर रुपमा लिएको बताउँदै आश्वयक अध्ययन पश्चात उचित निर्णय लिइने आश्वासन दिए ।

मन्त्री पौडेलसँगको भेटका क्रममा ब्यवसायीहरुले सुनको आयतमा कोटा वृद्धि गर्नुपर्ने, बर्षभरी हुने आयातलाई सिलिङ मानेर बजारको माग र आवश्यकताका आधारमा एउटा महिनाको सुन वर्षभरीमा जुनसुकै महिना पनि ल्याउन पाउनुपर्ने, सुनचाँदीको गरगहना आयातमा भएको ब्यवस्थलाई प्रभावकारी बनाइनुपर्ने, चाँदी आयातको सिमा वृद्धि गरिनुपर्ने लगायतमा माग राखेका थिए ।

व्यवसायीले राखेमा अन्य मागमा कच्चा सुन आयातमा २० प्रतिशत भन्सार लागू गरिएको सन्दर्भमा तयारी गहना आयातमा योभन्दा बढी भन्सार लागू हुनुपर्नेमा सार्क राष्ट्रबाट आयात गर्दा ९ दशमलव ५ प्रतिशत मात्र कायम भएकोले यसले अत्यधिक सुनका गहना आयात हुनसक्ने भएकोले एकातिर राष्ट्रका लागि न्यून भन्सार शुल्कबाट वार्षिक अर्बौं रुर्पयाँको क्षति हुने सक्ने र अर्काेतिर देशभित्र सुनचाँदी व्यवसाय क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष उपलब्ध गराएको लाखौंको रोजगारी धरापमा पर्ने भएकोमा यसमा पुनरावलोनक गर्नुपर्छ ।

यस्तै कच्चा चाँदीमा १५ प्रतिशत भन्सार लागू हुँदा तयारी चाँदीका गहना आयात गर्दा सो भन्दा कम क्रमशः ६ प्रतिशत र १० प्रतिशत (सार्क राष्ट्रभित्र वा बाहिरी राष्ट्र बाट) कायम भएकोले यसले पनि राष्ट्रको लागि भन्सार आय र स्वदेशी कालीगढको रोजगारीमा बृहत रूपमा नकारात्मक प्रभाव पार्ने भएकोले सुनका गहना आयातमा न्यूनतम २५ प्रतिशत र चाँदीका गहना आयातमा न्यूनतम २० प्रतिशत भन्सार कायम गर्न आवश्यक देखिन्छ । साथै वहुमुल्य वस्तुहरुमा विलासी कर लगाउने व्यवस्था गरिए र अहिलेको अवस्थामा त्योसमेत समय सान्दर्भिक नभएको ब्यवसायीको भनाइ छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal