Skip to content

नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी–इस्टेट प्रकरण छानबिन गर्न महामन्त्री शर्माको माग

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु टी–स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाउन माग गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले यी दुई प्रकरण छानबिन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै माग गरेका हुन्।

‘गिरीबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि इमान्दार अनुसन्धान सुरू हुनुपर्छ,’ प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै शर्माले भने, ‘त्यो अनुसन्धानले हामी आफैंमाथि प्रश्न गर्दैगर्दा छानबिनको दायरामा उभिनका लागि तयार हुनुपर्छ।’

महामन्त्री शर्माले अरूमाथि अनुसन्धान माग गर्न सजिलो हुने तर आफूमाथि अनुसन्धान माग गर्न गाह्रो हुने पनि बताए।

‘गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको हो भन्ने कांग्रेसलाई नै बदनाम गर्ने गरी एउटा आरोप लागेको थियो। यो बेला प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसका को व्यक्ति हुन् तिनले छुट पाउन हुँदैन,’ शर्माले भने, ‘यो आरोपको छानबिन गरियोस्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि निर्दोष फस्न हुँदैन, दोषी उम्कन हुँदैन।’

साथै महामन्त्री शर्माले नयाँ गृहमन्त्री रमेश लेखकलाई भ्रष्टाचारविरुद्धको अनुसन्धानमा चार चरित्र मूल मन्त्र बनाउन पनि आग्रह गरेका छन्।

‘हस्तक्षेपमुक्त अनुसन्धान, स्टन्टमुक्त अनुसन्धान, अनुग्रहमुक्त अनुसन्धान र पूर्वाग्रहमुक्त अनुसन्धान गर्नुहोस्,’ उनले गृहमन्त्रीलाई सुझाब दिए। उनले हल्ला थोरै र काम धेरै गर्न पनि आग्रह गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi