Skip to content
Prabhu

वर्ल्डलिंकको इन्टरनेट ७५० रुपैयाँमै पाइने, यस्तो छ २ मा ४ अफर

काठमाडौं । एकैपल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्य समेत सस्तो पर्ने ‘दुईमा चार अफर’ सार्वजनिक गरेको हो ।

वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुट पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट–टप बक्स समेत सित्तैमा पाउने कम्पनीले जनाएको छ । जसका लागि ग्राहकले इन्टरनेट सेवाको लागि १७ हजार ९९० रुपैयाँ (भ्याट बाहेक) तिरे पुग्नेछ भने सम्पूर्ण डिभाइसहरूको डिपोजिट छुट्टै तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

यसैगरी २५० एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । जसको मूल्य क्रमशः १९ हजार ४९० रुपैयाँ र २२ हजार २९० रुपैयाँ राखिएको छ । यद्यपि २००, २५० र ३०० एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिनामध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प यथावत नै छन् । जसअनुसार २०० एमबीपीएसको इन्टरनेटको मूल्य तीन महिनाका लागि ३ हजार ३०० रुपैयाँ, छ महिनाका लागि ६ हजार ४०० रुपैयाँ र १२ महिनाका लागि १२ हजार ६०० रुपैयाँ पर्न आउँछ ।

त्यस्तै २५० एमबीपीएसको तीन महिने प्याकेजको मूल्य ३ हजार सय रुपैयाँ, छ महिने प्याकेजको ७ हजार रुपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८ सय रुपैयाँ रहेको छ । यस बाहेक ३ सय एमबीपीएसका लागि भने तीन महिनाका लागि चार हजार ५० रुपैयाँ, छ महिनाका लागि सात हजार ९ सय रुपैयाँ र एक वर्षका लागि १५ हजार ६ सय रुपैयाँ शुल्क हुन आउँछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal