Skip to content

प्रक्रिया पुरा गरेका नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन

nabil bank

काठमाडौं । विभिन्न २२ वटा नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई लामो समयदेखि सम्बन्धन नपाएका संस्थाहरूलाई तत्काल सम्बन्धन दिन निर्देशन दिएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद‍्बाट आशयपत्र लिएका चिकित्सा शिक्षा तर्फका २२ वटा संस्थाहरूले सम्बन्धन पाउन सकेका छैनन् । ती शिक्षण संस्थाहरूलाई यसै शैक्षिक शत्रदेखि पठनपाठन सञ्चालन गर्न पाउनेगरी सम्बन्धन दिन समितिले निर्देशन दिएको हो  परिषद्ले यसै वर्ष सञ्चालन गर्न लागेको प्रवेश परीक्षामा नै नयाँलाई समेत परीक्षा दिन पाउनेगरी सम्बन्धन दिन समितिले निर्देशन दिएको छ ।

समिति सभापति अम्मर बहादुर थापाले सम्पूर्ण मापदपण्ड तथा प्रक्रिया पुरा गरेका ती शिक्षण संस्थाहरूलाई सम्बन्धन नपाएपछि सरकारलाई निर्देशन दिइएको बताए । विभिन्न चिकित्सा शिक्षा अध्यापन गराउनका लागि आशयपत्र लिएका शिक्षण संस्थाहरूलाई चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिन सकेको छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi