Skip to content
Prabhu

साइबर आक्रमणले भारतका ३ सय बैंकको भुक्तानी प्रणाली ठप्प

काठमाडौं । साइबर आक्रमणले भारतका ३ सय बैंकको भुक्तानी प्रणाली ठप्प भएको छ । केही दिनअघि माइक्रोसफ्टको सर्भरमा देखिएको खराबीका कारण विश्वभर बैंकिङ क्षेत्रको ठूलो हिस्सासहित सेयर बजारसम्म असर देखिएको थियो ।

यही शिलशिलामा भारतीय बैंकिङ सिस्टममा भने ठूलो साइबर आक्रमण भयो । यससँगै भारतका करिब ३ सय साना बैंकहरुमा कामकाज ठप्प भएको हो । रेनसमवेयर आक्रमणको कारण यी सयौं बैंकको भुक्तानी प्रणाली पनि फेल भएको थियो । एउटै कम्पनीबाट प्राविधिक सपोर्ट लिने साना बैंकहरुमा मात्रै उक्त साइबर आक्रमण भएको बताइएको छ ।

बिहीबार भारतको पत्रिका इन्डिया टुडेमा प्रकाशित समाचार अनुसार सी एज टेक्नोलोजीज कम्पनीमा रेनसमवेयर आक्रमण भएको थियो । यो कम्पनी देशका समग्र साना बैंकहरुलाई प्राविधिक सपोर्टको सेवा दिने काम गर्छ ।

यसबीचमा उक्त कम्पनीमा भएको साइबर आक्रमणको प्रत्यक्ष असर ग्राहकको रुपमा रहेका ती साना ३ सय वटा बैंकहरुमा पनि परेको हो । यसले बैंकको भुक्तानी प्रणालीमा पनि असर देखिएको थियो ।

साइबर आक्रमणले गर्दा सी एज टेक्नोलोजिजलाई नराम्ररी असर पारेको बताइएको छ । जवकि यस कम्पनीले साइबर आक्रमणको विषयलाई लिएर केही प्रतिक्रिया दिएको छैन । यस्तै उक्त आक्रमणलाई लिएर भारतीय रिजर्भ बैंकले पनि केही प्रतिक्रिया दिएको छैन ।

भारतमा करिब १५ हजार सहकारी तथा क्षेत्रीय साना बैंकहरुको विशाल सञ्जाल नै छ । भारतको बैंकिङ क्षेत्र पटक पटक साइबर आक्रमणको सिकार बन्दै आएको छ । आरबीआईसहित अन्य केही कानुनी साइबर अधिकारीहरुले भने भारतीय बैंकिङ क्षेत्रमा साइबर आक्रमण हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए । –एजेन्सी

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal