Skip to content

सेयर बजारमा सकारात्मक सर्किट लागेका ११ कम्पनी

nabil bank

काठमाडौं । बुधबार सेयर बजारमा ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समग्र परिसूचक १०८ अंकले बढेको दिन ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको हो ।

आज सेयर बजारमा सकारात्मक सर्किट लाग्ने कम्पनीमा बोटल्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी, प्रोगेसिभ फाइनान्स लिमिटेड, नेपाल रि इन्सयोरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, दोल्ती पावर कम्पनी लिमिटेड, सिटी होटल, हिमालयन रि इन्स्योरेन्स, सेन्टल फाइनान्स र कुथेली बुखारी साना जलविद्युत आयोजना कम्पनी रहेका छन् ।

आजको कारोबार बन्द हुँदा बोटल्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोगेसिफ फाइनान्स, नेपाल रि इन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत, डोल्टी पावर, सिटी होटल र हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । बोटल्स नेपालको सेयर मूल्य १ हजार ८०३ रुपैयाँ २० पैसाले बढेर १९ हजार ८३५ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै गुडविल फाइनान्सको सेयर मूल्य ७२ रुपैयाँ ६० पैसाले बढेर ७९८ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ।

त्यस्तै आज समृद्धि फाइनान्सको सेयर मूल्य ५७ रुपैयाँ २० पैसाले बढेर ६२९ रुपैयाँ २० पैसा पुगेको छ । प्रोगेसिफ फाइनान्सको सेयर मूल्य ५८ रुपैयाँ ९० पैसाले बढेर ६४७ रुपैयाँ ९० पैसामा आजको कारोबार बन्द भएको छ । त्यस्तै नेपाल रि इन्स्योरेन्सको सेयर मूल्य ९० रुपैयाँ २० पैसाले बढेर ९९२ रुपैयाँ २० पैसा पुगेको छ । आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि ६० रुपैयाँ बढेर ६६० रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै दोल्ती पावर कम्पनीको सेयर मूल्य ४५ रुपैयाँ ३० पैसाले बढेर ४९८ रुपैयाँ ३० पैसा पुगेको छ। त्यस्तै सिटी होटलको सेयर मुल्य पनि ९८ रुपैयाँले बढेर १ हजार ७८ रुपैयाँ पुगेको छ । आज १० प्रतिशत सेयर मूल्य बढ्ने अर्को कम्पनी हो हिमालयन रि इन्स्योरेन्स । यो कम्पनीको सेयर मूल्य ८४ रुपैयाँ ९० पैसाले बढेर ९३३ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यस्तै आज सेन्टल फाइनान्सको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ५८ रुपैयाँले बढेर ६३८ रुपैयाँ ५० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै कुथेली बुखारी साना जलविद्युतको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात् २२५ रुपैयाँले बढेर २ हजार ४७९ रुपैयाँमा कारोबार बन्द भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi