काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीले यही भदौ ७ गते शुक्रबार विशेष साधारणसभा डाकेको हो ।
कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभाको मिति तोकेको हो । सभाले अन्य कुनै उपयुक्त लघुवित्तसँग गाभ्ने÷गाभिने तथा प्राप्ति हुने वा डिमर्जर गर्ने, उपयुक्त वित्तीय संस्था पहिचान गरी सहमति, हस्ताक्षर गर्ने र स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्ने, परामर्शदाता, मूल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, अन्य वित्तीय संस्थाका शाखा खरीद वा प्राप्ति गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी एजेण्डा तय गरेको छ ।
साथै नियामक निकायबाट प्राप्त हुने निर्देशनबमोजिम कुनै कार्य वा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले साउन ३१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । सोका आधारमा साउन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।












प्रतिक्रिया दिनुहोस्