Skip to content
Prabhu

यातायात कार्यालय मलंगवाद्वारा ६ करोड रुपैयाँ बढी राजस्व संकलन

सर्लाही । यातायात व्यवस्था कार्यालय मलंगवाले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । गत आवमा यस कार्यालयले छ करोड ३६ लाख ५८ हजार ९१ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए। उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत १४ लाख १५ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै पटके, रुट परमिटलगायत कारबाहीबाट २ लाख ९२ हजार ८ सय ४० रुपैयाँ, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत १ करोड ४६ लाख ३८ हजार तीन सय १५ रुपैयाँ सङ्कलन भएको कार्यालय प्रमुख यादवले बताए । सवारीसाधन करबाट ४ करोड ७३ लाख ११ हजार चार सय ३६ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो ।

global
अर्घाखाँची सिमेन्ट

कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा ७० लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो । जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलंगवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन ७० लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख यादवले बताए।

‘हामीले चैत मसान्तमा एकै दिन ७० लाखसम्म राजस्व सङ्कलन गरेका थियौं”, उनले भने, ‘राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौँ । जेठ ४ गतेबाट चालक अनुमतिपत्र परीक्षा ९ट्रायल०समेत सुरु गरेका छौँ । यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छभने राजस्व सङ्कलन दायरा फराकिलो भएको छ ।’ विसं २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो । हरिवन नगरपालिका–३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिए। यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal