Skip to content

निओ मनी ट्रान्सफर र बेलायतको मनीटुबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । निओ मनी ट्रान्सफर र बेलायतको मनिटु लिमिटेडबीच रेमिट्यान्स भुक्तानीका लागि सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि बेलायतमा बसिरहनुभएका नेपालीहरुले सुरक्षित र सहज रूपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । निओ मनी ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो ।

वैदेशिक रोजगारी साथसाथै उच्च शिक्षाको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले बेलायत निकै आकर्षक गन्तव्य हो । हाल बेलायतमा १ लाख ५० हजारभन्दा बढी नेपाली आफ्ना परिवारका लागि काम गर्न साथ साथै उच्च शिक्षा हासिल गर्ने क्रममा बसोबास गरिरहेका छन् ।

बेलायतमा रहेका नेपालीहरुले अब मनिटुको वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रूपमा नेपालमा पैसा पठाउन सक्नेछन् । बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनी ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ । साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५ हजारभन्दा धेरै शाखाबाट सजिलै प्राप्त गर्न सकिनेछ ।

नयाँ सहकार्यबारे निओ मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘हामी अब मनी टुसँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ्ग फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनहरूलाई सहयोग गर्न बिदेसिएका नेपाली प्रवासीहरुको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima