Skip to content

मन्त्रिपरिषद्को निर्णयः १४ महिला भलिबल खेलाडीलाई जनही ३ लाख र विश्व बैंक समूहसँग १५ करोड डलर ऋण लिँदै

काठमाडौं । साउन ३१ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सरकारलेले विश्व बैंक समूहसँग १५ करोड अमेरिकी डलर सहुलियत ऋण लिने भएको छ। त्यसैगरी अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।

समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट उक्त ऋण लिइनेछ। सरकारले ऋण स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रुप दिन उक्त टोली गठन गरिन लागेको हो।

सरकारले काभा महिला भलिबल प्रतियोगितामा सहभागी १४ खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

सो मन्त्रिरपरिषद् बैठकको १४ खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख, व्यवस्थापक एक, सहायक प्रशिक्षक एक र फिजियो १ गरी तीन जनालाई १ लाख २० हजार प्रदान गर्ने निर्णय भएको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

सोही बैठकले सहसचिव वा सो सरहका ५९ जनालाई विभिन्न निकायमा सरुवा तथा कामकाजमा खटाएको समेत उनले जानकारी दिए।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T