Skip to content
Prabhu

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ८ सयले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ५३ हजार रुपैयाँ पुगेको हो ।

यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो । मंगलबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यो हप्ताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो । आइतबारको रेकर्ड बुधबार तोडिएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ५१५.८२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.५ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal