Skip to content
Prabhu

बाफियाको नयाँ व्यवस्था प्रतिमहासंघ अध्यक्ष ढकाल असन्तुष्ट, बाफियाको १ प्रतिशतको व्यवस्थाले लगानी निरुत्साहित हुन्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकर र व्यवसायी छुट्याउने बाफियाको नयाँ व्यवस्थाले लगानी निरुत्साहित हुने बताएका छन् । अध्यक्ष ढकालले बाफिया प्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो बताएका हुन् ।

आज राजधानीमा आयोजित स्टार्ट अप नेशन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले बैंकर र व्यवसायी छुट्याउने नाममा अघि सारिएको बाफिया संसोधनको नयाँ व्यवस्थाले लगानी निरुत्साहित हुने र आर्थिक वृद्धिदरमै प्रभाव पर्ने समेत बताए ।
‘बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको प्रस्तावमा एक प्रतिशतभन्दा बढि सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ । यस्तो हुने हो भने लगानी लिन चाहनेको संख्या निक्कै कम हुनेछ । जसले आर्थिक वृद्धिमै असर पर्नेछ’, उनले भने ।

कुनै पनि बैंक तथा वित्तिय संस्थामा १ प्रतिशतभन्दा बढी लगानी गर्नेले बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिनै नपाउने व्यवस्था बाफिया संसोधन प्रस्तावमा अघि सारिएको छ । महासंघ अध्यक्ष ढकालले उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुनेमा पनि जोड दिए । उनले निजी क्षेत्रमाथि अख्तियार लगााउने कानुन ल्याए अर्थतन्त्रमा थप समस्या आउने दावी पनि गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal