Skip to content

टीआरसी विधेयक सर्वोच्च अदालतको फैसला अनुरुप संशोधनको माग गर्दै द्वन्द्व पीडितहरूको नयाँ बानेश्वरमा प्रदर्शन

काठमाडौं । द्वन्द्वपीडितहरूको विभिन्न समूहका प्रतिनिधिहरू उपस्थित भई नयाँ बानेश्वरमा बिहीबार दिउँसो शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

उनीहरूले संक्रमणकालीन न्यायसँग सम्बन्धित टीआरसी विधेयक सर्वोच्च अदालतको फैसलाहरु अनुरूप संशोधन गर्नुपर्ने माग गरेका छन्।

उनीहरुले पीडकलाई उन्मुक्ति दिने प्रावधानहरू संशोधन गर्न माग गरेका छन्। सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धि विधेयक प्रतिनिधि सभाबाट पारित भई राष्ट्रियसभामा छलफलको क्रममा छ।

आन्दोलित द्वन्द्वपिडितहरूले पीडकलाई उन्मुक्ति दिने प्रावधानहरू राष्ट्रिय सभाले संशोधनगर्न माग गरेका हुन्। प्रदर्शनमा विभिन्न जिल्ला द्वन्द्व पीडितहरू सहभागी थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T