Skip to content
Prabhu

सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले सस्तो भएको छ । अघिल्लो दिन तोलामा ८ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुन आज तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ रहेको थियो । जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले सस्तो भएको छ । आज चाँदी तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ५०१.६३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २९.४२ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal