Skip to content

आज ३ घन्टा ललितपुरका यी स्थानमा विद्युत अवरूद्ध हुने

nabil
global ime

काठमाडौं । नेपाल विद‍्युत प्राधिकरणल‍े ललितपुरको पुल्चोक वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा शनिबार ३ घन्टा बिजुली अवरुद्ध हुने भएको छ।

नेपाल विद‍्युत प्राधिकरणल‍े सूचना जारी गरेर पुल्चोक वितरण केन्द्रको बागमती फिडर र टेकुपुल्चोक फिडरअन्तर्गत विद्युत् वितरण भइरहका विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको हो।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्र अन्तर्गत पर्ने सानेपा राम मन्दिर, गुसिंगाल, एडभांस कलेज, लीला घर, अमरावती, सानेपा ,मोड, रेडियंट स्कुल क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ। अन्डरग्राउन्ड प्रोजेक्टका काम गर्न फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले
जनाएको छ।

त्यस्तै टेकुपुल्चोक फिडरअन्तर्गत पर्ने बल्खु हेल्थ पोस्ट, सानेपा चोक,झम्सिखेल, पुल्चोक, प्रधान सेनापति क्वाटर, ठाडोढुंगा, हरिहर भवन एरियामा पनि भूमिगत लाइनसम्बन्धित काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती स्थानहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

निर्धारित समय अगाडि नै काम सकिए सो समयभन्दा अगाडि नै लाइन सुरु हुनसक्ने समेत प्राधिकरणले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima