Skip to content
Prabhu

साताको सुनः रेकर्डमाथि रेकर्ड कायम भएको साता १२ सयले घट्यो सुनको मूल्य

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यले रेकर्डमाथि रेकर्ड कायम गर्यो । यो साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ कारोबार भएको थियो ।

आइतबार बनेको रेकर्ड बुधबार नै तोडिएको थियो । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो । जुन अहिलेसम्मकै उच्च मूल्य हो । आइबार नयाँ किर्तिमान बनाएको सुनको मूल्य त्यस पछिका दुई दिन सामान्य घटेको थियो ।

आइतबार १ लाख ५२ हजार ६ सय रुपैयाँ कारोबार भएको सुनको मूल्य सोमबार १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि सुनको मूल्य केही घटेर १ लाख ५२ हजार २०० रुपैयाँ कारोबार भएको थियो ।

बुधबार एकै पटक ह्वातै बढेर १ लाख ५३ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बन्यो । त्यस पछिका बाँकी दुई दिन बिहीबार र शुक्रबार भने सुनको मूल्य घटेको छ । बिहीबार तोलामा १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

एकै सातामा बनेको रेकर्ड सोही साता तोडिए पनि समग्रमा भने यो साता सुनको मूल्य प्रायजसो सस्तिएको छ । साताको पहिलो दिन आइतबारको तुलनामा शुक्रबार नेपाली बजारमा सुनको मूल्यमाम १ हजार २०० रुपैयाँ सस्तो भएको छ । आइतबार १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार आएर १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यो साता चाँदीको मूल्य सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य अन्तिम दिन शुक्रबार १ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ । यसरी हेर्दा हप्ता दिनको अन्तरमा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताको सोमबार चाँदीको मूल्य स्थिर रहेको थियो। त्यस्तै मंगलबार केही बढेर चाँदी तोलामा १ हजार ८२० रुपैयाँ पुग्यो भने बुधबार बढेर प्रतितोला १ हजार ८३५ रुपैयाँसम्म पुग्यो ।

त्यसपछि, बिहीबार केहि घटेर तोलाको एक हजार ८३० रुपैयाँमा झरेको थियो । यसैगरी, चाँदीको मूल्य शुक्रबार फेरि सस्तिएर प्रतितोला एक हजार ८१५ रुपैयाँ कायम भयो । अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभावका कारण सुनको मूल्य बढिरहेको महासंघले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal