Skip to content
Prabhu

कुलमानलाई कारवाही गर्ने पक्षमा एमाले मात्र, कांग्रेसले दिएन साथ

काठमाडौ । सार्वजनिक लेखा समिति मार्फत नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन खोजेको एमालेलाई कांग्रेसले असहयोग गरेका छ ।

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि घिसिङलाई हटाउने तयारी गरेका थिए । ट्रंकलाइन र डेडिकेटेट लाइनको महशुलको विवादमा कुलमान र प्रधानमन्त्री ओलीबीच फरक धारणा रहेको छ ।

निकै विवादित र पेचिलो बन्दै गएको विवाद तत्कालन समाधान हुने देखिएको छैन ।

सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकमा कुलमानलाई कारवाही गर्ने विषयमा सरकारको साझेदार कांग्रेस सहमत भएन । कांग्रेस सहमत नभएपछि बैठकले कुलमानलाई कारवाही गर्ने विषयमा कुनै निर्णय लिन सकेन ।

कुलमानलाई कारवाही गर्ने बिपक्षमा शुरुदेखि प्रतिपक्षी माओवादी र रास्वपा रहेका छन्।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal