Skip to content

‘अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको योगदान महत्वपूर्ण’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकनका लागि आज यहाँ पुगेका मन्त्री दाहालले यस क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोबाइल्स क्षेत्रले महत्वपूर्ण सहयोग पुर्याइरहेको बताउँदै उहाँले नागरिकलाई आधुनिक, सुलभ र सुरक्षित अटोमोबाइल्स सेवा पुर्याउन मन्त्रालय नाडासँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे।

अटोमोबाइल्स तथा यससँग सम्बन्धित उद्योग तथा व्यावसायले नेपालमा स्वरोजगारी सिर्जना गरिरहेको भन्दै मन्त्री दाहालले प्रविधिमैत्री संरचना निर्माणलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए । यही भदौ ११ देखि १६ गतेसम्म सञ्चालन हुने अटो शो अवलोकनका लागि मन्त्री दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मालगायत मन्त्रालयका अधिकारी सहभागी भएका थिए।

एसोसिएसनका अध्यक्ष करण चौधरीले अटो शो तथा नेपालमा अटोमोबाइल्स क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे मन्त्री दाहाललाई जानकारी गराएका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T