Skip to content
Prabhu

ओप्पोद्वारा नयाँ ओप्पो ए ३ सार्वजनिक, समग्र विश्वसनीयता, दीर्घकालीन टिकाउ र उत्कृष्ट खेल अनुभवहरू लिन सकिने

काठमाडौं । ओप्पोले नेपालमा आफ्नोे नयाँ ए सिरिजको स्मार्टफोन ओप्पो ए३ (OPPO A3) नेपालमा सार्वजनिक गरेको छ । दैनिक प्रयोगमा गरिने सबै प्रकारको काम र टिकाउको लागि डिजाइन गरिएको, यो नयाँ शृंखलामा मिलिटरी–ग्रेड प्रतिरोध र मल्टिपल लिक्विड रेसिस्टेन्सको साथ ड्यामेज पु्रफ बडी साथै लामो समय टिक्ने ५१०० एमएएच ब्याट्री र ४५ वाट SUPERVOOC™ फ्ल्यास चार्ज समावेश छ जसको प्रयोग चार वर्षसम्म हुने बताइएको छ ।

थप सुविधाहरू १००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले, अल्ट्रा भोल्युम मोड, स्न्यापड्रागन® टक 4G hg1 मोबाइल प्लेटफर्म, पर्याप्त मेमोरी र स्टोरेज सहितको ओप्पो ए३ सँग गेमिङ देखि भिडियो स्ट्रिमिङ सहित सबै मनोरञ्जन अनुभवलाई उत्कृष्ट बनाउँछ ।

विश्वसनीयताको लागि प्रयोगात्मक र टिकाउ डिजाइन

दैनिक प्रयोगकोे विश्वसनीयता सुनिश्चित गर्न डिजाइन गरिएको ओप्पो ए३ (OPPO A3)  मा डबल–टेम्पर ग्लास सहित नवप्रवर्तनकारी सामग्रीहरू समावेश छ जसले दैनिक गिरावटबाट हुन सक्ने असरहरूबाट फोनलाई सुरक्षित राख्दछ । यो स्मार्टफोनले उत्कृष्ट टिकाउको मान्यता स्वरूप, मिलिटरी–ग्रेड प्रतिरोधका लागिMIL–STD 810H सर्टिफिकेसन र SGS स्ट्यान्ड्रड सर्टिफिकेसन प्राप्त गरेको छ, जसले यसलाई बजेट–मैत्री फोनहरुमध्ये सबैभन्दा बलियो स्मार्टफोनहरूमा पर्दछ ।

यसका अतिरिक्त, IP54 रेटेड यी दुई मोडेलहरू वाटर र डस्ट रसिस्टेसन छन् जसले सामान्य कफी, दूध चिया, सूप, र पोरिजबाट हुन सक्ने चिपचिपापनबाट सुरक्षित राख्दछ । साथै, स्प्ल्याश टच सुविधाको साथ, स्क्रिन भिजेको बेला टच एक्युरेसी र प्रतिक्रिया सुधार गर्न सकिन्छ, यो सुविधा मार्फत प्रयोगकर्ताहरूले हल्का वर्षामा, स्विमिङ पूलबाट बाहिर निस्केपछि, वा अन्य धेरै दैनिक कार्यहरुमा भिजेको हातले फोन चलाइरहन सक्नेछन् ।

ओप्पो ए३ (OPPO A3) केवल विश्वसनीय मात्र नभएर, थप रूपमा एक सुन्दर र ट्रेन्डी डिजाइनको साथ आएको छ जसले यसलाई प्रतिस्पर्धी फोनहरु भन्दा भिन्न बनाउँछ । केवल ७.६८ मिमी मोटाइ र लगभग १८६ ग्राम तौलको साथ, फोनको राइट एङ्गल फ्रेम र 2D फ्ल्याट–ब्याक कभरले सहज बनावट र अनुभवका साथ राउन्डेड रेक्ट्याङ्गल क्यामेरा डिजाइनले थप प्रीमियम फ्ल्यागशिप अनुभुति प्रदान गर्दछ ।

नेपालमा ओप्पो एथ्री (OPPO A3) दुई भिन्न रंग स्टारलाइट व्हाइट र स्टार्री पर्पलमा उपलब्ध छन् । यी मोडेलहरू ग्लसी प्यानलमा डिजाइन गरिएको छ, जसमा स्टारलाइट व्हाइट र स्टार्री पर्पलमा ग्लिटरी विवरणहरू रहेका छन् ।

लङ्गर ब्याट्री लाइफ र थप प्रभावकारी चार्जिङ

नयाँ ओप्पोमा ५१०० एमएएच् ब्याट्री समावेश छ जसले दैनिक काम र मनोरञ्जनका लागि विस्तारित ब्याट्री लाइफ प्रदान गर्दछ । त्यसबाहेक, यो ब्याट्रीमा १६०० चार्ज साइकल रहेको छ र यो यसको सुरुवातको भन्दा ८० प्रतिशत भन्दा बढी क्षमता कायम राख्दछ भने औसत प्रयोगका लागि चार वर्षभन्दा बढीे समयको लागि उत्कृष्ट ब्याट्री क्षमता प्रदान गर्दछ ।

दुबै मोडेलहरूमा 45W SUPERVOOC™ फ्ल्यास चार्ज समावेश भएकोले चार्जिङ दक्षता सुधार गरेको छ, जसले ब्याट्रीलाई ३० मिनेटमा ५० प्रतिशत र ७५ मिनेटमा शतप्रतिशत चार्ज गर्न सक्षम बनाएको छ । स्मार्ट चार्जिङमार्फत, प्रत्येक प्रयोगकर्ताको चार्ज गर्ने बानी अनुसार ब्याट्रीलाई स्वचालित रूपमा चार्ज गरिन्छ, जसले ब्याट्री लामो समयसम्म टिक्ने थप स्मार्ट र सुरक्षित चार्जिङ अनुभव प्रदान गर्दछ ।

उत्कृष्ट हार्डवेयर र मनोरञ्जन सुविधाहरूले असाधारण गेमिङ अनुभव सुनिश्चित गर्दछ

स्न्यापड्रागन® टक 4G Gen1 मोबाइल प्लेटफर्मद्वारा सञ्चालित, ओप्पो ए३ ले कम ऊर्जा खपतका साथ कुशल प्रदर्शन प्रदान गर्दछ । यसमा 6GB RAM ±  128GB ROM र 8GB RAM ± 256GB ROM स्टोरेज रहेको छ । यी फोनहरूले गेम खेल्दा वा अनलाइन भिडियो स्ट्रिमिङ गर्दा जहिले पनि सहज र प्रतिक्रियाशील अनुभव सुनिश्चित गर्दछन् ।

यसबाहेक, ओप्पोको र्याम विस्तार प्रविधिले उपलब्ध र्यामलाई ८ जीबीसम्म बढाउन सक्नुका साथै आवश्यक पर्दा थप स्मूथनेस प्रदान गर्दछ । थप रूपमा, ColorOS 14 को ट्रिनिटी इन्जिनले नयाँ कम्प्युटिङ पावर मोडेलहरू प्रयोग गरी सही रूपमा प्रशोधन स्रोतहरू आवंटित गरेर दक्षता बढाउँछ ।

उन्नत प्रविधिको अलावा, ओप्पो एथ्रीले ग्राहकहरूलाई परिष्कृत गेमिङ अनुभवहरू प्रदान गर्ने उद्देश्यले उच्च प्रदर्शन मनोरञ्जन सुविधाहरू प्रदान गर्दछ । दुबै मोडलहरूमा ६.६७ इन्चको एलसीडी डिस्प्लेले ९०Hz रिफ्रेस रेटको साथ स्मुथिङ दृश्य अनुभवहरू प्रदान गर्दछ । यसबाहेक, स्वचालित प्रकाश पहिचानले स्क्रिनलाई रमाइलो वातावरणमा १००० nits को चमकता समायोजन गर्न सक्षम बनाउँछ, फोन बाहिर प्रयोग गर्दा पनि सबै प्रकारका सामग्रीहरूको लागि स्पष्ट दृश्य देखिने ग्यारेन्टी दिन्छ ।

कन्टेन्टहरु बनाउनका लागि, ५० एमपी अल्ट्रा–क्लियर क्यामेरा, ५ एमपी सेल्फी क्यामेरा, साथै एआई पोर्ट्रेट रिटचिङ, डुअल–भ्यू भिडियो र थर्ड पार्टी भिडियो रिटचिङ जस्ता कार्यात्मक क्यामेरा सुविधाहरूले प्रयोगकर्ताहरूले न्याचुरल देखिने इमेजहरु र भिडियोहरू क्याप्चर गर्न सक्नेछन् अतिरिक्त रचनात्मकता अनलक गर्दै,े ओप्पो ए३ जीवनका सबै महत्वपूर्ण क्षणहरू रेकर्ड गर्नको लागि विश्वसनीय साथी बनाउन सकिनेछ ।

मूल्य र उपलब्धता

ओप्पो ए३ (OPPO A3) स्टारलाइट व्हाइट र स्टार्री पर्पल रंगमा यही भाद्र १२ गते देखि नेपाली बजारमा उपलब्ध हुनेछ साथै यसको मूल्य 6GB±128GB स्टोरेज भेरियन्टको रु.२२,९९९, 8GB RAM ± 256GB भेरियन्टको रु.२७,९९९ तोकिएको छ र ओप्पोका सबै रिटेलरहरुको स्टोरमा उपलब्ध हुनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal