Skip to content
Prabhu

सुनको मूल्यमा रेकर्डपछि रेकर्ड, सातामा ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । यो साता पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यस साताको बुधबार रेकर्ड कायम गरेको मूल्यले बिहीबार पनि पुनः ऐतिहासिक रेकर्ड कायम गरेको हो ।

साताको पहिलो दिन आइतबार प्रति तोला १ लाख ५२ हजार ४०० रुपैयाँ रहेको सुनको मूल्य, बुधबार उच्च रेकर्ड राख्दै प्रतितोला १ लाख ५३ हजार १०० रुपैयाँ पुग्यो । त्यसपछि बिहीबार पुनः अर्को रेकर्ड कायम गर्दै प्रतितोला मूल्य १ लाख ५३ हजार २०० रुपैयाँ पुग्यो । साताको अन्तिम कारोबार भएको दिन शुक्रबार भने मूल्य सामान्य घटेर प्रतितोला १ लाख ५२ हजार ९०० रुपैयाँ कायम भयो ।

यो मूल्य साताको पहिलो दिनको तुलनामा अन्तिम कारोबार भएको दिन शुक्रबार प्रतितोला ५०० रुपैयाँ बढी हो । यो साता नेपाली बजारमा चाँदीको मूल्य सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ८५० रुपैयाँ रहेको मूल्य साताको अन्तिम कारोबार भएको दिन, शुक्रबार प्रतितोला १ हजार ८२० रुपैयाँ कायम भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal