Skip to content
Prabhu

शिवानी एयरका वायुयान लिलामी गर्दै नागरिक उड्डयन प्राधिकरण 

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शिवानी एयरका वायुयान लिलामीको प्रक्रिया अघि बढाएको छ । लामो समयसम्म प्राधिकरणलाई बुझाउनुपर्ने वक्यौता नबुझाएको उल्लेख गर्दै प्राधिकरणले लिलामीको प्रक्रिया अघि बढाएको हो । प्राधिकरणले त्यसका लागि आज २१ दिने सूचना प्रकाशित गरेको छ ।
प्राधिकरणले शिवानी एयरले २०६९ असोज ८ गतेसम्म  बुझाउनुपर्ने ५५ लाख ५० हजार ९४३ रुपैयाँ ९७ पैसा बाँकी रहेको र त्यसपछि पनि शिवानी एयरले भरतपुर नागरिक उड्डयन कार्यालयलाई तिर्नुपर्ने रकम नबुझाएको उल्लेख गरेको छ । उक्त वक्यौता रकम तिर्न प्राधिकरणबाट पटक पटक सूचना प्रकाशित भएको थियो ।
प्राधिकरणका अनुसार शिवानी एयरका अध्यक्ष तथा प्रबन्ध सञ्चालक मणिन्द्रला रञ्जितकारले प्राधिकरणमा २०८० वैशाख ३१ गते सात दिनको समय माग गरेका थिए । तर त्यसपछि पनि कुनै पनि रकम नबुझाएपछि प्राधिकरणले लिलामीको प्रक्रिया अघि बढाएको हो ।
प्राधिकरणले भरतपुर नागरिक उड्डयन कार्यालयको हाताभित्र रहेका शिवानी एयरका नामा दर्ता कायम वायुयानलगायत अन्य पार्टपुर्जा लिलामी गर्ने जनाएके छ । त्यसबाहेक एयरका सञ्चालकबाट असुल उपर गरिने समेत प्राधिकराले स्पष्ट पारेको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal