Skip to content
Prabhu

सोमबार सुन ३ सयले घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार आज सुनको भाउ १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४९६ दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ४५ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal