Skip to content
Prabhu

स्काइवेलका १२६ गाडी नाडा अटो शोमा बुकिङ

काठमाडौं । नाडा अटो शोमा १२६ वटा गाडी बुकिङ भएको स्काइवेलले जनाएको छ । स्काइवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले स्काइवेल ईटी५ र बीई ११ मोडलको बुकिङ भएको बताएको हो ।

स्काइवेल ईटी५ ६२० किलोमिटर रेन्ज भएको गाडी हो भने, बीई११ ५२० किलोमिटर र ४२० किलोमिटर रेन्ज गरी दुई मोडेलमा उपलब्ध छन् । यी तीन वटै गाडीका १२६ युनिटी ६ दिनमा बुकिङ भएको कम्पनीले जनाएको हो । कम्पनीले एक–दुई दिनमै गाडीको बुकिङ सुरु गर्ने बताएको छ ।

यही भदौ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो चलेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal