Skip to content
Prabhu

अमेरिकी डलरसँगै पाउण्ड र युरोको मूल्य पनि बढ्यो, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विदेशी मुद्राको विनियमदर अनुसार आज अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य बढेको छ । आज अधिकाशंक विदेशी मुद्राको विनिमयदर बढेको हो ।

केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा रहेको थियो । त्यस्तै नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरोको विनिमयदर पनि बढेको छ । आज एक युरोको खरिददर १४८ रुपैयाँ २६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिदर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको थियो ।

त्यस्तै आज पाउण्डको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । मंगलबार पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७६ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा रहेको थियो ।

त्यस्तै राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियमदर अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७६ पैसा र बिक्रीदर ९१ रुपैयाँ १७ पैसा पुगेको छ । यता क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७१ पैसा कायम भएको छ । आज सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९३ पैसा कायम भएको छ ।

त्यस्तै आज जापानी ऐन दशको खरिददर ९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९ रुपैयाँ १७ पैसा, चाइनिज युआन एकको खरिदर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा र साउदी अरब रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा कायम भएको छ ।  त्यस्तै कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा, युएई दिर्हाम एकको खरिदर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा र मलेसियन रिङगेट एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा कायम भएको छ ।

त्यस्तै कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर ०५ रुपैयाँ ०५ पैसा कायम भएको छ । आज हंकङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा कायम भएको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ४४० रुपैयाँ ३८ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०४ पैसा पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal