Skip to content

कोरोना बीमाको मुद्दामा विपक्षी झिकाउने सर्वोच्चको आदेश

nabil bank

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले विपक्षी झिकाउन आदेश दिएको छ। सोमबार न्यायाधीश अब्दुल अजीत मुसलमानको एकल इजलासले विपक्षी झिकाउन आदेश दिएको हो ।

हिजो बीमक संघले सर्वोच्च अदालतमा सम्झौता गरेअनुसार कोरोना बिमाको दाबी भुक्तानी नगरेको भन्दै सरकारलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेको थियो । कोरोना बीमा गरेका बिमितको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

रिटमा उक्त रकम उपलब्ध गराउन सरकारलाई आदेश दिन माग गरिएको छ । संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बीमा प्राधिकरणलाई विपक्षी बनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi