Skip to content

नीति बनाउने तर कार्यान्वयन नगर्ने नेपालको समस्या होः पौड्याल

nabil bank

काठमाडौं । पेट्रोलियम पदार्थमा इथानोलाको प्रयोगमा बहस चलिरहेपनि सम्भावना र प्रयोगलाई ख्याल गर्नुपर्ने कियान केमिकल विज्ञ दिनेश पौड्यालले बताएका छन् । २०६० सालमा नै नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेपनि यो बहसमा नै सीमित भएको उनले बताएका हुन् ।

‘इथानोलको उत्पादन सम्भावना के हो ? नेपालमा यो उत्पादन गर्न सकिन्छ सकिँदै ? फेरि उत्पादन भएपनि बजारको माग धान्न सक्छ कि सक्दैन ?’ उत्पादन र प्रयोगको सम्भावनालाई अध्ययन नगरी लहटका भरमा इथानोल प्रयोगमा जोड दिन नहुँने पौड्याले बताए ।

पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोललाई १० प्रतिशत सहजै मिश्रण गर्न सकिने उदाहरण नेपाल आयाल निगमले प्रस्तुत गरेपछि पौड्याले त्यसको खण्डन गरका हुन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राधानीमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको सन्दर्भमा वृहत छलफल कार्यक्रम चलाएकोमा निगमकातर्फबाट केन्द्रिय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने सुझाव दिँदै कार्यपत्र प्रस्तुत गरेकी छिन् । उनै कार्यपत्रमाथि टिप्पणी गर्दै मौड्यालले वृहत अध्ययन गरेर मात्र कार्यान्वयनमा जान आग्रह गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi