काठमाडौं । भाटभटेनी सुपरमार्केटले पोखराको तालचोकमा स्टोर खोल्ने भएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङले सोमबार भूमि पुजन गरी स्टोर निर्माणको औपचारिक शुभारम्भ गरेका हुन् ।
पोखराको तालचोकमा खुल्न लागेको भाटभटेनीको २८औं स्टोर हो भाटभटेनीका २७ स्टोर सञ्चालनमा छन् । करिब १ अर्ब लागतमा सञ्चालनमा आउने तालचोकको भाटभटेनी स्टोर २ लाख २५ हजार ६ सय स्क्वायर फिट क्षेत्रफलको हुनेछ । भवनमा दुईवटा सिनेमा हल पनि रहने जनाइएको छ ।
पोखरा महानगरपालिकामा यसअघि नै भाटभटेनीले एउटा स्टोर सञ्चालनमा ल्याइसकेको छ । काठमाडौं उपत्यकाबाहिर एउटै महानगरमा दुई स्टोर पोखरामा सञ्चालनमा ल्याउन लागिएको हो । पर्यटकीय नगरी पोखरा अर्को स्टोर पनि आवश्यक देखिएकाले निर्माण गर्न लागिएको अध्यक्ष गुरुङले बताए ।












प्रतिक्रिया दिनुहोस्