Skip to content

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानसेनापतिलाई दर्ज्यानी चिन्ह प्रदान

nabil bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच सिग्देललाई सो दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सोही समारोहमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण गराए । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् । सिग्देललाई राष्ट्रपति पौडेलले यही भदौ १२ गतेबाट लागू हुने गरी प्रधानसेनापति पदमा नियुक्त गरेका थिए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi