Skip to content

पूर्वश्रीमतीको कारोबारमा पूर्वश्रीमानलाई जोड्न मिल्दैनः धनराज गुरुङ

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले सहकारी प्रकरणमा आफ्नो नाम मुछिएपछि संसदमा स्पष्टीकरण दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङले पूर्वश्रीमतीको कारोबारमा आफूलाई जोड्नु कुनै पनि हिसाबले उपयुक्त नहुने बताएका हुन् ।

‘व्यापार–व्यवसायमा श्रीमान् अथवा श्रीमती दुईमध्ये एकजना जोडिँदा अर्कोलाई पनि मुछेर हेर्ने र बुझ्ने हाम्रो प्रचलन छ । त्यसकारण मलाई त्यसमा जोड्न खोजिनु अनौठो होइन । तर, पूर्वश्रीमान या पूर्वश्रीमतीलाई भने त्यसरी जोड्नु व्यावहारिक, कानुनी र नैतिक दृष्टिले पनि मिल्दैन भन्ने हेक्का राखिनुपर्छ,’ गुरुङले भने ।

सहकारीकी प्रबन्ध–निर्देशक भनिएकी ज्योति गुरुङसँग वर्षौँदेखि सम्बन्ध बिग्रेपछि ०७६ फागुन २९ गते नै सम्बन्धविच्छेद गरिसकेको प्रस्टीकरण दिँदै उनले सम्बन्धविच्छेद नक्कली भएको भन्नेहरूलाई दाबी पुष्टि गर्न चुनौती दिए।

‘आफू संसदीय छानबिनका लागि समेत तयार रहेको भन्दै गुरुङले भने, ‘सम्बन्धविच्छेदपछि पूर्वश्रीमती गुरुङबारे जानकारी हुने कुरै भएन । मित्रले भनेझैँ संसदीय छानबिन गर्नुपर्ने हुन्छ भने पनि म तयार छु ।’

ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड कोअपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेको भन्दै सिआइबीमा जाहेरी परेको छ । ठगीमा जोडिएर कांग्रेस उपसभापति गुरुङको नाम पनि सहकारी ठगीसम्बन्धी विशेष छानबिन समितिमा पुगेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi