Skip to content

बागलुङमा जिप दुर्घटना, ३ जनाको मृत्यु

nabil bank

बागलुङ । गलकोट नगरपालिका–२ भुङ्खानीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शुक्रबार बिहान गलकोटतर्फ जाँदै गरेको जिप भुङ्खानीमा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए।

दुर्घटनामा एक जना घाइते भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुलेको छैन। प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ।

सामान्य घाइते भएका पुरुषलाई उपचारका लागि बागलुङ अस्पताल पठाइएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi