Skip to content

आज काठमाडौंका यी ठाउँमा ३ देखि ५ घन्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा ३ देखि ५ घन्टा विद्युत् अवरूद्ध हुने जनाएको हो।

असन फिडरअन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडरअन्तर्गत महाबौध्द सबस्टेसनभित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेसनभित्र, विशाल बजार अगाडि, गणेश ,स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेडसम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम् विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

ती ठाउँहरूमा भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटनडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। निर्धारित काम समयअगाडि नै सम्पन्न भए तोकिएको समयभन्दा अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जानकारी दिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T