Skip to content

तनहुँ जलविद्युत् आयोजनाद्वारा मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरेको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका–१ निवासी मृतक ३८ वर्षीय रामकुमार थारुको परिवारलाई क्षतिपूर्ति वापत ३० लाख रुपैयाँ उपलब्ध गराएको हो ।

आयोजनाअन्तर्गत सिनो हाइड्रोमा काम गर्ने सिलसिलामा प्लाइउडले लागेर २० मिटर तल खस्दा घाइते भएका थारुको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T