Skip to content

भोलिदेखि सर्वसाधारणका लागि धरहरा खुल्दै

nabil
global ime

काठमाडौं । संविधान दिवसको अवसरमा भोलिदेखि धरहरा सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा ६ पटकसम्म म्याद थप गरेर बिहीबार फेरि उद्घाटन गरिने छ । एक दशकसम्म पनि निर्माण सम्पन्न हुन नसकेको धरहरा फेरि पनि हतारमै उद्घाटन हुन लागेको हो।

२०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टिनको छाना हालेर राखिएको छ । यो आयोजना पुनर्निर्माण प्राधिकरणको समयसीमा भित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima