Skip to content
Prabhu

भन्सार विभागले उठायो भदौ महिनामा ४० अर्ब बढी राजस्व

काठमाडौं । भन्सार विभागले भदौ महिनामा ४० अर्ब भन्दा बढीको राजस्व संकलन गरेको छ । चालु आर्थिक आर्थिक वर्षको दोस्रो महिना भदौ महिनामा ४० अर्ब ३ करोड ४५ लाख राजस्व संकलन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिमो तुलनामा १४.१२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको भदौ महिनामा विभागले ३५ अर्ब ८ करोड ८ करोड राजस्व असुल गरेको थियो ।

चालु आवको भदौ महिनामा विभागले ५० अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । यो लक्ष्यको तुलनामा ७९.४७ प्रतिशत हो । साउन महिनामा विभागले ३४ अर्ब ४२ करोड राजस्व संकलन गरेको थियो । साउन महिनामा विभागको लक्ष्य ४५ अर्ब ३६ करोड थियो ।

विभागले चालु आवको पहिलो दुई महिनामा ७४ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको ७८.१९ प्रतिश हो । विभागले साउन र भदौ महिनामा ९५ अर्ब ७४ करोड २ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा विभागले ६७ अर्ब ६२ करोड ९१ लाख राजस्व संकलन गरेको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal