Skip to content

नागरिकलाई सहज यातायात व्यवस्था मिलाउन मुख्यमन्त्री कँडेलको निर्देशन

nabil
global ime

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नागरिकलाई सहज यातायात व्यवस्था मिलाउन सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले आज वीरेन्द्रनगरमा सुरक्षा निकाय, यातायात व्यवसायी तथा यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुसँगकोे छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले यातायात क्षेत्रलाई व्यवस्थित सुरक्षित र सहज बनाउन निर्देशन दिएका हुन् । ‘यातायात क्षेत्र जति प्रतिस्पर्धी बन्यो त्यति नै नागरिकले राम्रो सेवा पाउँछन्,’ उनले भने, ‘तसर्थ नागरिकको सुविधा दिने दायित्वका साथै तपाईंहरुको प्रभावकारी सेवाका लागि यो क्षेत्रलाई प्रतिस्पर्धी बनाउनूस् ।’

राजमार्गमा सवारी चेकजाँचका नाममा ठाउँठाउँमा यात्रुहरुलाई असजहज भएको गुनासो यातायात व्यवसायीले गरेपछि मुख्यमन्त्री कँडेलले अधिकार भए पनि आवश्यकताका आधारमा राजमार्गमा चेकजाँचको व्यवस्था मिलाउन सुरक्षा निकायलाई सुझाए । छलफलका क्रममा वीरेन्द्रननगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नगर क्षेत्रको पार्किङ व्यवस्थित बनाउनु लागिएको जानकारी दिए ।

उनका अनुसार बजारको चाप बढेसँगै पछिल्लो समय पार्किङको व्यवस्था साँघुरो हुँदै गएकाले व्यवस्थित गर्ने तयारी भइरहेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय निमित्त प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले चाडबाडको बेला दुर्घटनाको जोखिम बढी हुने भएकाले चाडबाड लक्षित सडक सुरक्षा बनाएको जनाए ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहराले कर्णालीको ठूलो र विकट भूगोलका कारण एकजना प्रहरीले ३८ किलोमिटरसम्म हेर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । कम जनशक्ति र सीमित साधन स्रोतमा रहेर ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा अपेक्षाकृत काम गरिरहेको उनले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima