Skip to content

बीपी राजमार्ग एकतर्फी सञ्चालन

nabil
global ime
विपी राजमार्ग काभ्रेपलाञ्चोक, ११ असोजः अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेंसीमा माथिबाट वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा शुक्रबार बिहानदेखि रोकिएका सवारीका साधन । तस्बिरः राजकुमार पराजुली÷रासस विपी राजमार्ग काभ्रेपलाञ्चोक, ११ असोजः अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारसयबेंसीमा माथिबाट वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा शुक्रबार बिहानदेखि रोकिएका सवारीका साधन । तस्बिरः राजकुमार पराजुली÷रासस

धुलिखेल । बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले आज बिहान आधा घण्टा सडक दुईतर्फी रुपमा अवरुद्ध भएको थियो।

अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागको प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

लेदो आउनेक्रम जारी रहेकाले सवारीसाधन नियमित रुपमा सञ्चालन गर्न र सहजीकरणका लागि आवश्यक जनशक्ति खटिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima