काठमाडौं । नेपाली बजारमा यो साताको सबै दिन सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । साताको पहिलो कारोबार दिनदेखि आज अन्तिम दिनसम्म सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ६१ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन पनि चाँदीको मूल्य स्थिर रहेको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभाव, कच्चा तेलको मुल्यमा भएको वृद्धि, डलरको विनिमय दरमा देखिएको स्थिरतालगायत अन्य कारण देखिरहेकै अवस्थामा फेडको संकेतले झनै बढावा दिएको उनले बताए । सुनको मूल्यमा विगत केही समयदेखि देखिँदै आएको बढ्दो ट्रेन्ट जस्ता विभिन्न कारणले भाउ अझै केही दिन बढ्ने अनुमान छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६६९.७४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस ३१.८८ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्