Skip to content
Prabhu

चितवनको कलेज अफ मेडिकल साइन्समा प्रभु बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

nabil

काठमाडौं । प्रभु बैंकका ग्राहकलाई चितवनको भरतपुर महानगरपालिका–१० स्थित कलेज अफ मेडिकल साइन्सले आफ्ना सेवाहरुमा छुट दिने भएको छ । दुई पक्षबीच असोज १३ गते भएको सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्स (सीओएमएस)बाट प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएवापत विशेष छुट पाउने भएका हुन् ।

सीओएमएसमा उपचार गर्दा औषधि, सिटी स्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजीमा समेत बैंकका ग्राहकलाई २० प्रतिशत सम्मको छुट हुनेछ । यसका लागि बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीबाट बिल भुक्तानी गर्नुपर्नेछ ।

सम्झौतामा प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ र सीओएमएसको तर्फबाट एडिसनल डाइरेक्टर डा. मनोहर प्रधानले संयुक्‍त रुपमा हस्ताक्षर गरेका थिए । तर यो सुविधा प्राप्त गर्न प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नुपर्ने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal