काठमाडौं । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था तथा सिप्रदी अटोपार्टस् प्रालिले खोला किनारमा ज्याला मजदुरी गर्दै आएका बाढीपहिरो पीडितहरुलाई दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न सहयोग प्रदान गरेको छ ।
निरन्तरको वर्षाको कारण उपत्यकाको खोला किनारमा ज्याला मजदुरी गर्दैआएका बाढी पीडित मेकानिक्सहरुलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरिएको हो । सिप्रदीयन सहायता संस्थाका प्रतिनिधि र सिप्रदी अटोपार्टस् प्रालिका प्रतिनिधिहरुको उपस्थितिमा २६ परिवारलाई सिरक, डस्ना र सिरानी १÷१ वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामग्रीहरु राहत स्वरुप वितरण गरिएको थियो ।
यसैगरी मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका व्यक्तिहरुको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबार बिहीन भएका छन् । सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तु राहत स्वरुप वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्