काठमाडौं । चाडबाड र राजमार्ग अवरुद्धका कारण आन्तरिक उडानका जहाजमा चाप अत्यधिक बढेको छ । तर, यो चाप एकतर्फी हो । बुद्ध एयरले बिहीबार भद्रपुर–काठमाडौं रुटको जहाज रित्तै काठमाडौं फर्काउनु परेको छ ।
बिहीबार भद्रपुर–काठमाडौं कुल दुई उडान भएकोमा एउटा जहाज रित्तै फर्किएको र अर्को जहाजमा १० जना मात्र यात्रु रहेको कम्पनीले जनाएको छ । बुद्धले भद्रपुरमा आजबाट दैनिक दुई उडान थपेको छ । यससँगै काठमाडौं – भद्रपुर रुटमा बुद्धको दैनिक सात उडान पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्