Skip to content
Prabhu

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, कतिमा हुँदै छ कारोबार ?

nabil

काठमाडौं । सुनको मूल्यमा आज फेरि नयाँ कीर्तिमान कायम भएको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको हो । यो नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मको उच्च हो ।

गत साताको अन्तिम कारोबार दिन कायम भएको १ लाख ६१ हजार २०० रुपैयाँ रेकर्ड आज तोडिएको हो । अघिल्लो दिन सुनको मूल्य तालामा १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज नेपाली बजारमा चाँदीको मूल्यमा तोलामा ३० रुपैयाँले बढेको छ । आज चादी तोलामा १ हजार ९८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९ सय ५० रुपैयाँ रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal