काठमाडौं । आज नेप्सेमा सूचीकृत विभिन्न ४ कम्पनीको वार्षिक साधारण सभा सम्पन्न हुँदैछ । आज नेपाल ल्यूब आयल, अपर स्याङ्गे हाइड्रोपावर, बाराही हाइड्रोपावर र मोलुङ्ग हाइड्रोपावरको वार्षिक साधारण सभा आयोजना हुँदै छ । आज वार्षिक साधारण सभा भएका कम्पनीमध्ये नेपाल ल्यूब आयलले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल ल्यूब आयल
नेपाल ल्यूब आयल लिमिटेडलेको वार्षिक साधारण सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजेदेखि सुरु भएको छ । यस कम्पनीको सभाले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।
मोलुङ्ग हाइड्रोपावर
मोलुङ्ग हाइड्रोपावरको २ आर्थिक वर्षको वार्षिक साधारण सभा आज बस्दैछ । सभा बाघभैरव ब्यांकेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौंमा बिहान ९ बजे सुरु भएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभाले नयाँ सञ्चालक समिति गठन गर्नेछ ।
बाराही हाइड्रोपावर
सेयधनीको हात खाली राख्ने बाराही हाइड्रोपावरको वार्षिक साधारण सभा गौरव इभेन्ट्स, गौतम प्लाजा, स्युचाटार–सालिक चोक, कलंकीमा बिहान ८ बजे सुरु भएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ यस कम्पनीले असोज १० गते बुक क्लोज गरिसकेको छ । असोज ९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
अपर स्याङ्गे हाइड्रोपावर
अपर स्याङ्गे हाइड्रोपावरको वार्षिक साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान १० बजे सुरु भएको छ । यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ असोज २ गतेसम्म कायम सेयरणधनीले मात्र सभामा भाग लिन पाउनेछन् । असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा थियो ।
प्रतिक्रिया दिनुहोस्