Skip to content
Prabhu

मारुती सिमेन्ट्सको साधारणसभा कात्तिक ११ गते, ४ प्रतिशत लाभांश पारित गर्ने

nabil

काठमाडौं । मारुती सिमेन्ट्सको वार्षिक साधारण सभा कात्तिक ११ गतेका लागि तोकिएको छ । कम्पनीको ३० औं वार्षिक साधारण सभा कात्तिक ११ गतेका लागि आह्वान गरेको हो ।

कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा आगामी कात्तिक ११ गते विराटनगरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालय बोलाएको हो । सभा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आव २०८०/८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै, आव २०८०÷८१ मा कम्पनीको सञ्चालक समतिबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान रकमहरु अनुमोदन गरेको एक लाख भन्दा माथिका रकमहरु अनुमोदन गर्ने, विभिन्न बैंकहरुबाट लिइएको ऋणको अनुमोदन तथा स्वीकृती गर्ने र सञ्चालक समितिबाट आव २०८०÷८१ मा भए गरेका निर्णयहरु पारित गरिनेछ ।

यसैगरी, सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथ छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal