Skip to content
Prabhu

मिष्ट्री खोला र तादीखोला जलविद्युत् आयोजनामा क्षति भएको छैन : माउण्टेन इनर्जी

nabil

काठमाडौँ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले हालैको भारी वर्षाका कारण आएको बाढीपहिरोबाट आफ्नो जलविद्युत् आयोजना मिष्ट्री खोला (४२ मेगावाट) र तादीखोला (५ मेगावाट) मा कुनै क्षति नभएको जानकारी दिएको छ । कम्पनीले सूचना जारी गरेर आयोजगनामा क्षति नभएको बताएको हो ।

कम्पनीले यस विषयमा सेयरधनीहरूको जिज्ञासालाई ध्यानमा राख्दै यस्तो जानकारी सार्वजनिक गरेको जनाएको छ । २०८१ असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण देशका विभिन्न भागमा व्यापक जनधनको क्षति भएको थियो । विभिन्न जलविद्युति आयोजनामा क्षति पनि पुगेको थियो ।

कम्पनीले मिष्ट्री खोला र तादीखोला जलविद्युत् आयोजनामा कुनै किसिमको क्षति नभएको र दुवै आयोजना पूर्ण क्षमतामा सञ्चालन भइरहेको जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal