Skip to content

खाद्यले सहुलियतमा बेच्ने खसी–बोका काठमाडौं आइपुग्यो

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि खसीबोका ल्याएको छ।

शनिबार थापाथलीस्थित कम्पनीको कार्यालय परिसरमा खसीबोका झारिएको हो। खाद्यले विभिन्न जिल्लाका किसानहरूसँग खसीबोका किनेर काठमाडौंमा बजारमूल्य भन्दा केही सहुलियत गरेर उपभोक्ताहरूलाई बिक्री वितरण गर्छ।

उपभोक्ताले खसीबोका प्रतिकिलो ६८० र च्यांग्रा १२ सय ६० रुपैयाँ प्रतिकिलोमा पाउनेछन्।

कम्पनीले दसैं तिहार लक्षित खसीबोका खरिदका लागि ४ करोड रूपैयाँ बजेट छुट्याएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T