Skip to content

भारतीय सेनाका मेजर जनरल देवगनको नेपाल भ्रमण सम्पन्न

nabil
global ime
काठमाडौं । भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्सको छदिने औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ । उनी यही असोज १४ गते नेपाल आएका थिए ।
भ्रमणका क्रममा उनले पोखराको पनि भ्रमण गरेका थिए। त्यहाँ भूतपूर्व सैनिक र्यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । त्यस्तै, उनले रक्षा प्रभागका विभिन्न शाखा र पूर्वसैनिक अंशदायी स्वास्थ्य योजना (इसिएचएस) पोलिक्लिनिकको भ्रमण गरेका थिए।
मेजर जनरल देवगनले भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरेका थिए। सो अवसरमा उनीहरुबीच नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो ।
मेजर जनरल दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरुको प्रशंसा गरेका थिए।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima