Skip to content
Prabhu

पञ्चकन्या स्टिलद्वारा ग्रिनप्रो प्रमाणपत्र प्राप्त

nabil

काठमाडौं । पञ्चकन्या ग्रुपको उद्योग पञ्चकन्या स्टिल प्रालिको उत्पादन गरेको टिएमटी रिब्डबारले सन् २०२४ को लागि सिआईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्नेको हो ।

२०८१ असोज ३० गतेका दिन भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले उक्त प्रमाण पत्र ग्रहण गरेका हुन् । पञ्चकन्या स्टीलको टिएमटी रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेपश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।

न्यूनतम कार्बनउत्सर्जन सामग्री र प्रविधिलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१५ देखि यो ग्रिनप्रो प्रमाणपत्र प्रदान गर्न थालिएको हो । हालसम्म विश्वका ४८० उद्योगहरुका ९ हजार ५०० थरिका उत्पादनहरुले ग्रिनप्रो मान्यता प्राप्त गरेका छन् ।

सिंगापुर, जर्मन, भारतका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा वातावरण तथा हरित क्रान्तिमा आएको सकारात्मक प्रभाव देखिएकोमा सहभागीहरुले गर्व र सन्तोषको महसुस गरेका थिए ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal