Skip to content
Prabhu

अफ्रिकामा मनोरञ्जन उद्योग स्थापनामा लागिरहेका हलिउड स्टार इद्रिस एल्बा

nabil
एजेन्सी । द वायर र लुथर जस्ता चलचित्रमार्फत चर्चित हलिउड स्टार इद्रिस एल्बा यतिबेला लन्डनभन्दा १० हजार माइल परको अफ्रिकामा मनोरञ्जन उद्योग स्थापनाका लागि लागिपरेका छन् । एल्बाको मातापिता सियरा लियोन र घानाबाट आएका थिए । त्यसैले उनी उक्त क्षेत्रमा मनोरञ्जन उद्योग स्थापनाको प्रयासमा छन् ।
उनको दृष्टिकोण महत्त्वाकांक्षी छ । एल्बा अफ्रिकाभर फिल्म स्टूडियोहरू निर्माण गर्न चाहन्छन् । जन्जिबारबाट यो सुरुआत पनि गर्दैछन् । जुन तान्जानियाको सेमि–स्वायत्त टापु हो र यो सेतो बालुवाको समुद्र तटहरूको लागि प्रख्यात छ ।
गत वर्ष विश्व आर्थिक मंचमा दावोसमा तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनसँगको भेटघाट पनि उनले यो विचार सुरु गरेका थिए । उक्त छलफलपछि जन्जिबारमा पहिलो स्टूडियोको योजना बन्यो । जसलाई एल्बाले ग्लोबल मनोरञ्जन हबको पहिलो आधारशिला हुनसक्नेमा विश्वास व्यक्त गरेका छन् ।
अगस्ट महिनामा, जन्जिबार सरकारले निर्माण सुरु गर्न उनलाई लगभग २०० एकड जमिन दिने वाचा गरेको थियो । “इद्रिस एल्बा हलिउड, नोलिउड (नाइजेरियामा) वा बलिउड जस्तै आधुनिक स्टूडियो निर्माण गर्दैछन्”, जन्जिबारका लगानी मन्त्री शरिफ अली शरिफले घोषणा गरेका छन् । उनले जलीवूड वा जावूड नाम दिने बनाउँदै आएका छन् । यो परियोजना फिल्मभन्दा पर पनि जान सक्ने बताइएको छ ।
“अफ्रिकाका बारेमा धेरै दृश्य सामग्री आफैं अफ्रिकाबाट उत्पन्न पनि हुँदैन”, एल्बाले यस हप्ता लन्डनको स्टेलर डेभलपमेन्ट फाउन्डेशनको मेरिडियन सम्मेलनमा सीएननसँग भने, “धेरै मिडिया अफ्रिकाको नकारात्मक चित्रण वरिपरि केन्द्रित हुन्छ । तर अफ्रिकामा मध्यम उमेर १९ वर्ष छ; यी युवा आशावादी छन् र उनीहरूलाई आफ्ना कथाहरू बताउन मौका पाउनु पर्छ ।”
त्यहाँ ठूलो पैसा कमाउन पनि सकिन्छ । अफ्रिकाले विश्वको १८ प्रतिशत जनसंख्या समेटे पनि यो विश्वव्यापी सृजनात्मक अर्थतन्त्रको केवल एक प्रतिशत  मात्रै हो । यसलाई पाँच वर्षमा दोब्बर बनाउन सकिन्छ ।
युनेस्कोले हालै सार्वजनिक  गरेको प्रतिवेदनमा अफ्रिकाको फिल्म र अडियो भिजुअल उद्योगले सन्२०३० सम्ममा २० मिलियन रोजगारी सिर्जना गर्न सक्ने देखाइएको छ । र, यो महाद्वीपको जीडीपीमा मा ४२० अर्ब थप्न सक्छ । नेटफ्लिक्स र डिज्नी जस्ता विश्वव्यापी कम्पनीहरूले पहिले नै केन्या, दक्षिण अफ्रिका र नाइजेरियामा उल्लेखनीय लगानी गरिसकेका छन् ।
तर पनि, एल्बाले भनेअनुसार धेरै उदीयमान अर्थतन्त्रका सरकारहरूले अझै रचनात्मक क्षेत्रको आर्थिक सम्भावनालाई मान्यता दिएका छैनन् । विशेष गरी प्रतिलिपि अधिकार र वित्त पोषणको वरिपरि नियमन र लगानीको अभावले वृद्धिमा सीमा लगाएको छ ।
उनले दक्षिण कोरियाको विस्फोटक मनोरञ्जन उद्योगको वृद्धिसँग मिल्दो सम्भावना देख्छन् । सन् २०१७ देखि २०२१ सम्म, कोरियाली पप–संस्कृतिसँग सम्बन्धित निर्यातहरू वार्षिक औसत १३.७ प्रतिशतको दरमा वृद्धि भयो, समग्र निर्यात वृद्धिभन्दा २.५ गुणा छिटो भयो । कोरियाको आर्थिक अनुसन्धान संस्थानको अनुमान छ कि यसले अर्थतन्त्रमा ४२७ अर्ब योगदान गरेको छ ।
तान्जानिया पहिले नै त्यो मोडेलको दिशामा हेर्दै छ, अफ्रिकी अभिनेताहरूलाई बुसानमा तालिमको लागि पठाउन दक्षिण कोरियासँग साझेदारी गर्दै छन् । तर एल्बाले बुझेका छन् कि स्टूडियोहरू मात्र निर्माण गरेर मनोरञ्जन क्रान्ति सुरु हुँदैन ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal