Skip to content
Prabhu

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा ४५ लाखको कारोबार

nabil
काठमाडौं । १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा  करिब रु. ४५ लाख बराबरको आर्थिक कारोबार भएको छ ।
global
अर्घाखाँची सिमेन्ट
फ्लोरिकल्चर एसोसिएशन (फ्यान) को आयोजनामा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ बिहीबारबाट सुरु भएको मेलामा दुई दिनमा उक्त रकम बराबरको आर्थिक कारोबार भएको हो।
आगामी आइतबारसम्म सञ्चालन हुने मेलामा रु. एक करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा रहेको एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिए ।  उनका अनुसार मेलामा बिहीबार र शुक्रबार गरी १६ हजार जनाले मेलाको अवलोनकन गरिसकेका छन् । अवलोकनमा आउनेको आकर्षण गोदावरी फूल रहेको र सो फूल ६० प्रतिशत बिक्री भएको अध्यक्ष बादेले जानकारी दिए ।
यस प्रदर्शनीमा व्यावसायिक स्टल ६८, प्रतियोगितात्मक स्टल दुई, अफिसियल स्टल ४ र फोटो पारखीहरूका लागि सेल्फी स्टल १ गरी ७५ वटा प्रदर्शनी कक्षहरू छन् । प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनीसमेत रहेकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम पनि रहेको फ्यानले जनाएको छ ।
यसक्रममा सहभागी नर्सरी÷फर्महरूले उत्पादन गरेका गोदावरी फूलका पाँच प्रजातिमा प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिहरूमा  मिनियचर, स्पाईडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहने छ । साथै मेलामा सहभागी भएका नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ पनि प्रतिस्पर्धा गराइने छ । समग्र प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा विधागत उत्कृष्ट हुने नर्सरी÷फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जानएको छ ।
फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास विस्तार तथा प्रबर्द्धन गर्ने उद्देश्यले विसं २०५१ सालदेखि पुष्प मेला र प्रदर्शनी आयोजना गर्दै आएको छ ।  फूलको माग वृद्धिसँगै काठमाडौं उपत्यकाका तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ जिल्लामा पुष्पखेती विस्तार भएको छ ।
व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरिरहेका छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal