Skip to content
Prabhu

साताभरमा सुनको मूल्यमा १ हजारले वृद्धि, चाँदीको मूल्य पनि उच्च

nabil

काठमाडौं । पछिल्लो समययता नेपाली बजारमा सुनको मूल्य महँगिदै गएको छ । सोही क्रममा यो साता सुनको मुल्यले रेकर्ड पछि रेकर्ड कायम गर्यो । साताभरजसो नै सुनको मूल्यमा वृद्धि देखिएको थियो ।

साताको पहिलो दिन, आइतबार हालसम्मकै उच्च रेकर्ड राख्दै प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्यले सोमबार पुनः नयाँ रेकर्ड कायम गरेको थियो । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ६५ हजार ६०० रूपेयाँ पुग्यो । त्यस्तै, सोमबारको कीर्तिमान मंगलबार नै तोडियो । मंगलबार सुनको मूल्य तोलामा १ लाख ६५ हजार ९०० रूपैयाँ पुग्यो ।

global
अर्घाखाँची सिमेन्ट

कीर्तिमान तोडिने क्रम त्यतिमै रोकिएन । आइतबारको सोमबार, सोमबारको मंगलबार र मंगलबार कायम भएको रेकर्ड बुधबार तोडियो । बुधबार सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च १ लाख ६६ हजार ७०० रुपैयाँ पुग्यो ।

लगतार चार दिन कीर्तिमान कायम भएको सुनको मूल्य बिहीबार भने सामान्य घट्यो। बिहीबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बिहीबारकै जस्तो १ लाख ६६ हजारमा कारोबार भएको थियो । यो एक हप्ताको कारोबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले महँगो भएको हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि नयाँ कीर्तिमान कायम गरेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यसपछि, चाँदीको मुल्यले चौथो दिन सम्म निरन्तर रेकर्ड राखेको थियो । सोमबार चाँदी प्रतितोला २ हजार ९५ रूपैयाँ, मंगलबार २ हजार १०० रूपैयाँ र बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला २ हजार १३५ रूपैयाँसम्म पुग्यो ।

त्यसपछिका दुई दिन भने चाँदीको मुल्यमा सामान्य कमी आई साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला २ हजार ६० रुपैयाँ कायम भयो । यसरी, यो साता चाँदीको भाउ केहि सस्तिएको छ । साताभरमा चाँदी तोलामा १५ रूपैयाँले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकमा देखिन्छ ।

यो साता विश्वब्यापी रुपमा सुनचाँदीको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो साताहरूझै यो साता पनि सुन र चाँदी दुवैको मुल्यले एक पछि अर्को गर्दै विश्वब्यापी रुपमा नयाँ रेकर्ड कायम गरेको हो । सोहि मूल्यवृद्धिको प्रभाव नेपाली सुनचाँदी बजारमा परेको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal